नेपाली राष्ट्रिय फुटबल टिमले हिमाली जिल्ला मनाङमा प्रशिक्षण गर्ने भएको छ।
नेपाली फुटबल टिम हङकङसँगको मैत्रीपूर्ण खेलको तयारीमा छ। सो खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले तीन दिनअघि मात्र ३० सदस्यीय प्रारम्भिक टिम घोषणाा गरेका थिए।
नेपाली टिमले क्लोज क्याम्पको सुरूआत मनाङबाट गर्न लागेको हो। त्यसका लागि नेपाली टिम आजै मनाङ प्रस्थान गरिसकेको छ।
नेपालीले त्यहाँ एक साता प्रशिक्षण गर्ने छ। मनाङमा नेपाली टोली फिटनेस र एन्डुरेन्समा केन्द्रित हुने छ। त्यसपछि टिम काठमाडौं फर्कने छ।
नेपालले आउने जुन ५ मा हङकङसँग उसकै मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसको ५ दिन पछि जुन १० मा एएफसी एसियन कप छनोटको दोस्रो खेल लाओससँग खेल्ने छ। त्यसैको तयारीका लागि नेपालले हङकङसँग मैत्रीपूणै खेल खेलन लागेको हो।
प्रारम्भिक टोली : एन्जल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ (गोलकिपर), अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, विमल पाण्डे, कुलदिप कार्की, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ (डिफेण्डर), एरिक विष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सन्तोष खत्री, सृजन राज, सुदिप गुरुङ, सुमित श्रेष्ठ, सुरज ज्यु ठकुरी (मिडफिल्डर), अन्जन विष्ट, जिलेस्पीजंग कार्की, निराजन धामी, सुवास बम ठकुरी (स्ट्राइकर)