ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई फ्रेन्च राजदूतले गरे बिदाई

17 Jul, 2024
Share:
117 Shares

ओलम्कि खेल्ने नेपाली खेलाडीलाई फ्रान्सका राजदूत जीन बाप्टिस्ट लेसेकले बिदाइ गरेका छन्। काठमाडौंमा एक कायक्रम गर्दै राजदूत लेसेकले नेपाली खेलाडीलाई बिदाई गरेका हुन्।

अर्को सातादेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुने ओलम्पिक नेपालबाट ७ खेलाडीले सहभागीता जनाउँदै छन्। बिदाई कार्यमक्रममा ७ मध्ये ४ खेलाडी मात्र उपस्थित भए।

कार्यक्रममा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल सभागी थिए। टेबलटेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा विदेशमा प्रशिक्षण गरिरहेका सहभागी भएन्।

ओलम्पिक खेल्ने ७ खेलाडीमध्ये स्यान्टु श्रेष्ठले छनोट चरण पार गरेका थिए भने अन्यले वाइल्डकार्ड मार्फत ओलम्पिक खेल्न लागेका हुन्।

बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, ओलम्पिकमा जाने प्रशिक्षक र फ्रान्स राजदूतका विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।