नेपाल क्रिकेट संघ (क्यान)ले ३० जना क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ। क्यालने यो पटक कन्ट्रयाक्टमा १२ जना महिला क्रिकेटरलाई मात्र समावेश गराएको छ।
यअसघि १८ जना महिला खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा रहेकोमा यो पटक ६ खेलाडी कटौती गरेको हो । फिटनेश लगायतका आवश्यक मापदण्ड पूरा नगरेका कारणा यसपटक करारमा रहने महिला खेलाडीको संख्या घटेको क्यानले जनाएको छ।
महिला खेलाडीमा ग्रेड ए र बी मा समान ३ जना छन् भने ग्रेड सी मा ६ जना छन् । कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा ग्रेड एमा कायम छन् ।
यस्तै काजल श्रेष्ठ बी मा घटुवा हुँदा अस्मिना कर्माचार्य सी बाट बी मा बढुवा भएकी छन् । कविता कुँवर बी ग्रेड मै यथावत छिन् । ज्योती पाण्डे र अप्सरी बेगम ग्रेड सीमा घटुवा भएका छन्। कविता जोशी, विन्दु रावल, संगिता राई र ममत चौधरी ग्रेड सी मा यथावत छन् ।
यसअघि ग्रेड एमा रहेकी करुणा भण्डारी, ग्रेड बीमा रहेका सबनम राई, सरस्वती चौधरी र सरिता मगर तथा ग्रेड सीमा रहेका डली भट्ट र रोमा थापा ग्रेडिङबाट बाहिरिएका छन्।
महिला खेलाडीको ग्रेडिङ
ग्रेड ए : रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा
ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य
ग्रेड सी : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम