निर्मला राईले चौथो मन्जुश्री ट्रेल रेसमा १०० माइल महिलातर्फको उपाधि जितेकी छन्।
उनले १०० माइल दूरी ३४ घन्टा ५४ मिनेट ३० सकेन्डमा पूरा गर्दै च्याम्पियन बनिन् भने यसअघि अनिता राईले कायम गरेको कीर्तिमान पनि तोडिन्।
यो रेस पूरा गर्न अनिता राईलाई ३६ घन्टाभन्दा बढी समय लागेको थियो । यसअघि कीर्तिमान राखेकी अनिताले यस पटक ३५ घण्टा ५७ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् । यस्तै ३९ घण्टा ३२ मिनेट २ सेकेण्डमा रेस पूरा गरेकी एनी फुर्बा शेर्पा तेस्रो भइन्।
उक्त रेस नेपालको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनबाट आइटीआरए पोइन्ट पाउने रेसमध्ये एक हो।
नेपालकै सबैभन्दा लामो ट्रेल रेसको रुपमा रहेको ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गत १०० माइल पुरुषतर्फको उपाधि अर्जुन कुलुङ राईले जितेका छन्।
यस्तै महिला १०० किमितर्फ पदमकुमारी सुनुवारले २३ घण्टा ५६ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भइन्।