नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल शुक्रबार हुँदैछ।
आज हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन्।
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए। त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक छन्।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६ः३० बजे सुरु हुनेछ। त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन्।