जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो च्याम्पियन बनेको छ।
शुक्रबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको रोमाञ्चक फाइनलमा काठमाडौं माभरिक्सलाई हराउँदै जनकपुर च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा जनकपुरले काठमाडौंलाई ४५(४१ ले हरायो। अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागन गरेको थियो।
जनकपुरले प्रतियोगिताभर अपराजित लयलाई कायम राख्दै फाइनलमा पनि निरन्तरता दिएर उपाधि जित्न सफल भएको हो।
उपाधि विजेता जनकपुरले ५ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता काठमाडौंले २ लाख रुपैयाँ पाएको छ।