जोकोभिकमा देखियो कोरोना संक्रमण

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सर्बिया र क्रोएसियामा आयोजना भएको दर्शकसहितको एड्रिया टुर खेलेका जोकोभिकमा कोरोना संक्रमण देखिएको हो ।

प्रतियोगिता जोकोभिक आफैंले आयोजना गरेका हुन् । सोही प्रतियोगितामा सहभागी बुल्गेरियाका ग्रिगोर दिमित्रोभमा कोरोना संक्रमण देखिपछि आगामी आइतबारका लागि तय भएको प्रतियोगिताको फाइलन स्थागित गरिएको थियो ।

दिमित्रोभलाई कोरोना देखिएलगत्तै अन्य दुई खेलाडी बोर्ना कोरिक र भिक्टोर ट्रोइकीमा पनि कोरोना देखिएको थियो । जोकोभिक र भिक्टोर एउटा खेलमा आमनेसामने भएका थिए । जोकोभिकलाई कोरोना संक्रमण देखिए पनि श्रीमति र बच्चामा भने कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि टेनिसको आधिकारिक प्रतियोगिता एटिपी टुर भएको छैन। त्यसैले जोकोविचले कोरोनाबाट फ्रेस हुनका लागि एड्रिया टुर आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP