प्रकाश खड्का बने सुदूरपश्चिम रोयल्सको सिइओ

5 Oct, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सिइओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबीच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहेका‌ थिए । उनले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

सुदूरपश्चिमको पहिचान बोकेर एनपिएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको सिइओ खड्काले बताए।

‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो। हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ। अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ,’ उलने भने।

टोलीले बिहीबार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा छन्।