पोखरा एनएसएलको शीर्ष स्थानमा उक्लियो

6 Dec, 2023

नेपाल सुपर लिग (एनएसएल)काे दोस्रो संस्करणको चौथो चरण चलिहरँदा पोखरा थन्र्डस लिगको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार साँझ दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–०ले हराउँदै पोखरा शीर्ष स्थानमा उक्लिएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो खेल इलामले पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको थियो।

तर, दोस्रो हाफको सुरुआतमै पोखराले खेलमा अग्रता लियो। उसका सञ्जिब विष्टले ४७औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा पोखरा विजयी भयो।

यो जितसँगै पोखराको ४ खेलमा २ जित र २ बराबरीसहित ८ अंक जोडेको छ। ३ खेलमा ७ अंक जोडेको धनगढी दोस्रो र ४ खेलमा ६ अंकसहित ललितपुर तेस्रो स्थानमा छ। इलाम भने ३ अंकसहित छैठौं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]