एनएसएलमा पोखराको पहिलो जित, काठमाडौं २-० ले पराजित

6 Apr, 2025
Share:
117 Shares

जारी नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सले पहिलो जित निकालेको छ।

शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा पोखराले काठमाडौं रेजर्सलाई २–० ले हरायो।

पोखरालाई पहिलो जित दिलाउने क्रममा स्टेफेन समीर विनोङ र र सुदील राईले गोल गरे। उसले दुवै हाफमा समान १ गोल गरेको थियो।

२५औं मिनेटमा विनोङले गोल गर्दै पोखरालाई सुरुआती अग्रता दिलाए। साइददोस्तोन जाफारोभको पासमा उलने हेडरमार्फत गोल गरेका थिए।

३३औं मिनेटमा विनोङ नै पेनाल्टीमा चुक्दा पोखराले अग्रता दोब्बर बनाउने अवसर गुमायो। कुलिदीप कार्कीले विनोङलाई डिबक्स फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनको प्रहार गोलकिपर अभिषेक बरालले रोकेका थिए।

५९औं मिनेटमा सुदीलले पोखराको अग्रता दोब्बर बनाए। उनले कप्तान आयुष घलानको पासमा गोल गरेका थिए।

पोखरा यसअघिका दुवै खेलमा पराजित भएको थियो। ऊ एफसी चितवनसँग २–० र ललितपुर सिटी एफसीसँग पोखरा ३–२ ले पराजित भएको थियो।

यता, काठमाडौंको भने यो पहिलो हार हो। यसअघिका दुवै खेलमा ऊ बराबरीमा रोकिएको थियो। उसले ललितपुरसँग २–२ र झाप एफसीसँग गोलरहित बराबरी खेलेको थियो।