एनभिए भलिबलमा गण्डकी र पुलिस विजयी

SHARE TO:
Read Time:1 Minute

छैठौं आरबीबी एनभीए राष्ट्रिय भलिबल लिगको पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब विजयी सुरुवात गर्न सफल भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सन्चालन भएको पहिलो खेलमा गण्डकीले ३–१ को सेटमा जित निकाल्यो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै ३ अंक जोडेको हो ।

आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि ३ अंक खातामा राख्न सफल भयो । पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।

क्लब लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लबको सहभागिता छ । यस्तै महिलातर्फ न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबको सहभागिता छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post जिम्बाबे एसँग नेपाल ६ विकेटले पराजित
Next post इपिएल : आर्सनलको संघर्षपूर्ण जित, एभर्टनले चेल्सीलाई हरायो
Close