यो वर्षको बालोन डे’ओर अवार्ड पिएसजीका फ्रेन्च स्ट्राइकर उसमान डेम्बेलेले जितेका छन्। सोमबार राति पेरिसमा आयोजित विशेष समारोहबीच सन् २०२५ उत्कृष्ट खेलाडी घोषित हुँदै डेम्बेलेले बालोन डे’ओर अवार्ड जितेका हुन्।
यसक्रममा उनले बार्सिलोनाका युवा स्ट्राइकर लमिन यमालाई पछि पारे। डेम्बेलेले क्लब तथा राष्ट्रका कप्तान र प्रशिक्षक तथा पत्रकारहरुको भोटिङमा सर्वाधिक नम्बर प्राप्त गरे।
अघिल्लो सिजन एिसजीलाई ऐतिहासिक ट्रेबल जिताउन उनको भूमिका महत्वपूर्ण थियो। अघिल्लो सिजन पिएसजीले च्याम्पियन्स, लिग वान र लिगकप जितेको थियो भने क्लब विश्वकपको फाइनलमा पनि पुगेको थियो। उनले ४९ खेलमा ३३ गोल र १५ असिस्ट गरेका थिए।
उनी मिचेल प्लाटिनी र जिनेदिन जिदानपछि बालोन डे’ओर जित्ने पहिलो फ्रेन्च खेलाडी हुन्। क्लबमै गरेको प्रदर्शनका आधारमा यो अवर्डा जित्ने उनी पिएसजीका पहिलो खेलाडी हुन्। पिएसजीमै रहँदा सन् २०२१ मा बालोन डे’ओर जितेका थिए। तर, उनले अर्जेन्टिनामा गरेको प्रदर्शनका आधारमा यो अवार्ड जितेका थिए।

यता, महिलातर्फको बालेन डे’ओर भने बार्सिलोना तथा स्पेनकी एइताना बोनमतीले जितन्। उनले लगातार तेस्रो पटक यो अवार्ड जितेकी छन्। उनी लागतार तेस्रो पटक बालोन डेओर जित्ने पहिलो महिला फुटबल हुन् भने समग्रमा तेस्रो खेलाडी हुन्। यसअघि मिचेल प्लाटिनी र मेसीले यो उपलब्धि हालिस गरेका थिए।
बालोन डे’ओरमा डेम्बेलेसँग पछि परेका यमालले लागातार दोस्रो पटक उत्कृष्ट युवा खेलाडीका रुपमा केपा ट्रफी जितेका छन्। महिलातर्फको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनकै भिकी लोपेजले जितिन्।
च्याम्पियन्स लिग विजेता पीएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पीएसजीकै प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक तथा पीएसजीबाटै च्याम्पियन्स लिग जितेका जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षकको अवार्ड जिेत।
त्यस्तै उत्कृष्ट स्ट्राइकरको अवार्ड स्वीडेन तथा स्पोर्टिङ सिपीका भिक्टोर ग्योकेरेसले जिते। उनले अघिल्लो सिजन स्पोर्टिङका लागि ५२ खेलमा ५४ गोल गरेका थिए। महिलातर्फ उत्कृष्ट स्ट्राइकरको अवार्ड पोल्यान्ड तथा बार्सिलोनाकी इवा पाजोरले जितिन्।
