पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो खेलकुदले दशौं वार्षिकोत्सवको अवसरमा आयोजना भएको पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
स्थापनाको दश वर्ष पूरा भएको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको थियो । कन्क्लेभमा पहिलो सेसनमा ‘नेपाली खेलकुदमा महिला सहभागिता स् लगानी, अवसर र सफलता’ शीर्षकमा हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठले सेसन मोडरेट गरेकी थिइन् । उक्त सेसनमा तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ र करातेकी पदकधारी खेलाडी एरिका गुरुङले आ–आफ्नो धारणा राखेका थिए ।
दोस्रो सेसन हाम्रो खेलकुदको सम्पादक प्रकाश तिमल्सिनाले ‘नेपाली खेलकुदमा यवुा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकमा मोडरेट गरे । उक्त सेसनमा पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठ, नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्का, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र एफसी चितवनका अध्यक्ष सचिन ढकालले आ–आफ्नो अभिव्यक्ति दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सूर्य थपलियाले नेपालमा खेलकुद पर्यटनको सम्भावना र अबको बाटो बारेमा प्रस्तुति दिएका थिए। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले हाम्रो खेलकुदले नेपाली खेलकुदमा गरेको योगदानको चर्चा गर्दै आगामी यात्राका लागि शुभकामना पनि दिए
पुरुषतर्फको अवार्ड विजय सिन्जालीलाई कार्यक्रमका पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठले अवार्ड वितरण गरे। उनले २५ हजार रुपैयाँ पनि प्राप्त गरे।
पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धनलाई प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रदान गरे। तेस्रो थाउलो विश्वकपमा कास्य पदक विजेता उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।
त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष सम्मान गरिएको थियो ।
