इरानी खेलाडीलाई हराउँदै पलेशा पेरिस ओलम्पिकमा छानिइन्

17 Mar, 2024

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी छिन्।

चीनमा भइरहेको एसियन छनोटमा पलेशाले के–४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै यसै वर्ष पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा स्थान पक्का गरेकी हुन्।

पलेशाले आइतबार सम्पन्न फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई ५–४ ले पराजित गरिन्। त्यसअघि पलेशाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

यससँगै पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन्।

यसअघि सन् २०२० मा भएको टोकियो पारा ओलम्पिकमा पलेशाले पहिलो खेलमै हारे पनि त्यसपछि ‘रिपेचेज’मा दुई खेल जितेकी थिइन्। कांस्य पदकको लागि निर्णायक फाइटमा भने उनी चिनियाँ खेलाडीविरुद्ध चुकेकी थिइन्।

ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। पलेशाले सन् २०२२ चीनमा सम्पन्न पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]