पारस खड्का बने सोमानी सेरामिक्सको ब्रान्ड एम्बासडर

13 Nov, 2025

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडको ब्रान्ड एम्बासडर बनेका छने।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सोमानीले पारसलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। सो अवसरमा दुवैपक्षबीच सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ।

सम्झौतापछि पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफिङ्गलगायत सोमानीसम्पूर्ण उत्पादनहरुको प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी हुने छन्।

नेपाली क्रिकेटका लिजेन्ड पारससँगको सहकार्यलनेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य सोमानीले राखेको छ।

कार्यक्रममा पारसले यो साभेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जीवनमा लिएको मूल्य–मान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

उनले सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रुपमा रहेको र आफूले व्यक्तिगत रुपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताए।

यस्तै, सोमानीका सह–अध्यक्ष सुजित मोहन्तीले पारसलाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको भन्दै उनको लगनशीलता र उत्कृष्टताको यात्राले नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]