ओलम्पिकको पदक तालिकामा जापानको अग्रता कायमै

31 Jul, 2024

पेरिस ओलम्पिकमा मंगलबारसम्म जापानले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ। जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ। यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ।

जापानलाई एसियाकै चीन अनि अष्ट्रेलियाले पछ्याइरहेको छ। चीनले ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ पदक जितेको छ। अष्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित ११ पदक जितेको छ।

आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत र एक कांस्य गरी ११ पदक जितेको छ। पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ।

ओलम्पिकको सबैभन्दा सफल राष्ट्र अमेरिका भने छैटौं स्थानमा छ। अमेरिकाले ४ स्वर्ण, ११ रजत र १ कांस्यसहित २६ पदक जितेको छ । यस्तै बेलायत ४ स्वर्ण ५ रजत र ३ कांस्यसहित १२ पदक जोडेर सातौं स्थानमा छ।

इटली ३ स्वर्ण जितेर आठौं स्थानमा छ भने क्यानडा र हङकङ समान २ स्वर्ण जितेर क्रमशः नवौँ र दशौँ स्थानमा छ।

विश्वका २०६ राष्ट्रको सहभागी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ राष्ट्रले कम्तीमा एक पदक जितेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]