ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लियो, जापान तेस्रोमा

1 Aug, 2024

पेरिस ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ। पान झानलीको विश्व कीर्तिमानी प्रदर्शनसँगै चीन पदक तालिकामा शीर्ष स्थानमा पुगेको हो। चीनले ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जितेको छ।

झानलीले पुरुष समय मिटर फ्रि स्टाइलमा स्वर्ण जिते। आफ्नै विश्व कीर्तिमानमा ०.४० सेकेन्डको सुधार गर्दै १९ वर्षीय झानलीले ४६.४० सेकेन्डको नयाँ विश्व कीर्तिमान बनाएका हुन् ।

यस्तै आयोजक फ्रान्स भने ८ स्वर्ण, १० रजत र ८ कांस्यमा दोस्रोमा छ।

यता, लागतार शीर्ष स्थानमा रहेको जापान तेस्रो स्थानमा झरेको छ। उसले ८ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको छ।

चौथो स्थानमा रहेको अस्ट्रेलियाको ७ स्वर्ण, ६ रजन र ३ कास्य छ भने पाँचौं स्थानको बेलायतले ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको छ।

यस्तै, छैठौं स्थानको दक्षिण कोरियाले ६ स्वर्ण र समान २ रजत र कास्य जित्दा अमेरिका ५ स्वर्ण, १३ रजत र १२ कास्यसहित सातौं स्थानमा छ।

अहिलेसम्म २३ राष्ट्रले स्वर्ण जित्दा कुल ४१ देश पदक तालिकमा नाम लेखाएका छन्। दक्षिण एसियाबाट भारतले मात्र पदक जितेको छ। उसले सुटिङमा २ कास्य जितेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]