ब्राजिल र अमेरिका फ्रान्सको पेरिसमा जारी ओलम्पिकको महिला फुटबलको फाइलनमा प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा विश्व च्याम्पियन स्पेनलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै अमेरिका फाइनलमा पुगेका छन्।
फाइनल पुग्ने क्रममा ब्राजिलले स्पनेमाथि ४–२को फराकिलो जित निकाल्यो। योसँगै उसले समूह चरणमा प्राप्त हारको बदला पनि लियो। समूह चरणमा ब्राजिल २–०ले पराजित भएको थियो।
खेलमा ब्राजिलले आत्मघाती गोलमा अग्रता लियो। छैठौं मिनेटमा स्पेनकी इरेनी परेडेसले आफ्नै पोस्टमा गोल गरेकी थिइन्। त्यसपछि पहिलो हाफका इन्जुरी समयको चौथो मिनेटमा ग्याब्रियलले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाइन्।
७१औं मिनेटमा एड्रियनाले गोल गरेपछि ३–०को अग्रता लिँदै ब्राजिल जिततर्फ अग्रसर भयो। ८५औं मिनेटमा साल्मा पारालुइलोले गोल गर्दै स्पेनलाई खेलमा फर्काउने प्रयास गरिन्। इन्जुरी समयको पहिलो मिनेटमै ब्राजिलले अर्को गोल थप्यो। यो पटक केरोलिनले गोल गरिन्।
इन्जुरी समयकै १२औं मिनेटमा पारालुइलोले नै स्पेनका लागि दोस्रो गोल गरिन्। तर, त्यो गोल स्पेनको हार टार्न पर्याप्त भएन्।
यस्तै, अर्को सेमिफाइनलमा अमेरिकाले जर्मनीमाथि १–०को जित निकाल्यो। दुवै टिमबीच निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। थप गरिएको समयको पाचौं मिनेटमा सोफिया स्मिथले अमेरिकलाई अग्रता दिलाइन्। त्यही अग्रता जोगउँदै अमेरिका फाइनलमा पग्यो।
अब ब्राजिल र अकोरिकाले स्वर्णका लाग शनिबार राति भीड्ने छन्। शुक्रबार राति तेस्रो स्थानका लागि स्पेन र जर्मनी भीड्ने छन्।