ओलम्पिकमा पौडी खेलाडी डुवानाकाे खराब प्रदर्शन, आफ्नै कीर्तिमानभन्दा पछि रहिन्

28 Jul, 2024

पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीको प्रतिस्पर्धामा नेपालकी डुवाना लामाले आफ्नै कीर्तिमान पनि सुधार गर्न सकिनन्।

आइतबार भएको महिला दुई सय मिटर फ्रिस्टायलमा उनले २ मिनेट २०.७४ सकेन्डमा निर्धारित दूरी पौडिइन्। यसअघि उनको यो स्पर्धामा उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्डको थियो।

डुवाना आफ्नो हिट तथा समग्र वरीयतामा अन्तिम स्थानमा रहिन्। यो स्पर्धाको चार वटा हिटमा कुल ३० जना खेलाडीले पौडिएका थिए। जसमा डुवाना ३०औं भइन्। यो स्पर्धाबाट १८ खेलाडी फाइनल स्पर्धामा पुगेका छन्।

डुवानासँगै नेपालका चार खेलाडीको ओलम्पिकमा प्रदर्शन निराशाजनक बन्यो। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]