प्रधानमन्त्री कप भलिबल जेठ १९ बाट

28 Apr, 2024

प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगको आठौं संस्करण जेठ १९ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक क्यालेण्डरअनुसार उक्त प्रतियोगीता जेठ १९ देखि २६ गतेसम्म हुने जानकारी दिएको हो।

गत चैत्र महिनामा काठमाडौंमा आयोजित एनभीए क्लब च्याम्पियनसिपबाट छानिएका पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले क्लब लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा एक टिमबाट तीन बिदेशी खेलाडी राख्न पाइने संघले जनाएको छ।

लिगमा महिला तथा पुरुषतर्फ उपाधि विजेताले समान ८ लाख रुपैयाँ पुरस्कार पाउँछन् । दोस्रो हुनेले ४ लाख र तेस्रो हुनेले रु दुई लाख प्राप्त गर्ने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए।

उनले भलिवलको कवर्ड हल बनाउनका लागि सरकारसमक्ष कुरा राखिसकेको भन्दै आगामी आर्थिक बर्षमा कवर्ड हल निर्माणको काम सुरु हुने बताए। उनले काठमाडौंमा जग्गा नपाएकाले कवर्ड हल निर्माणमा ढिलाइ भएको धारणा राए।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार तथा विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनाही २०–२० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । प्रतियोगीता सम्पन्न गर्न रु ७५ लाख खर्च हुने अनुमान गरिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]