नेपाली राष्ट्रिय महिला टोली स्ट्राइकर प्रीति राईसँग शुक्रबार उम्ब्रोले प्रायोजन सम्झौता गरेको छ । एक वर्षका लागि प्रीति र उम्ब्रोबीच प्रायोजन सम्झौता पत्र भएको हो ।
सम्झौताअनुसार उम्ब्रोले प्रीतिलाई एक वर्षका लागि ६ लाख बराबरको रकम र खेल सामग्री प्रदान गर्नेछ ।
यस अवसरमा प्रीतिले प्रायोजनका लागि धन्यवाद व्यक्त गर्दै यसले आफ्नो खेलजीवनमा उर्जा प्रदान गर्ने बताइन् । प्रीति यू-२० टिमकाे कप्तान पनि हुन् ।
यस्तै भाटभटेनी होल्डिङ्स कम्पनीका बिजनेस हेड आलोक जोशीले नेपाली खेलकुदलाई सहयोग गर्ने क्रममा फुटबलर प्रीतिलाई प्रायोजन गरेको बताए ।
महिला राष्ट्रिय टिमका नियमित सदस्य प्रीतिले पछिल्लो वुमेन्स साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।