प्रेसिडेन्ट कप इन्टरनेसनल सिरिज : एकलमा प्रिन्स सेमिफाइनलमा

नेपालका युवा खेलाडी प्रिन्स दाहाल बिहीबार प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रिन्सले भारतका खेलाडी आयन रसिदलाई २१–१० र २१–९ को सहज सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।

प्रिन्स मिक्स डबल्सबाट भने बाहिरिएका छन् । रसिला महर्जन र प्रिन्सको जोडी भारतका आयन रसिद र तस्निम मिरसँग २४–२६, २१–१४ र २१–८ ले पराजित भयो । महिला एकलमा नेपालकी नीता लम्सालले नेपालकै निलिमा महरालाई २१–१२ र २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकी छिन् ।

गोकुल जोरा र नीताको जोडीले मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६ र २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । महिला एकलमा नेपालकी रसिला महर्जन पराजित भइन् । महर्जन मलेसियाकी करुपथेभन लेत्सानाबाट २१–१४ र २१–१२ को सेटमा पराजित भएकी हुन् ।

यसैगरी, पुरुष एकलमा नेपालका नरेन्द्र बम श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–७ र २१–९ को सोझो सेटमा पराजित भए । अर्को खेलमा भारतका अभिन वशिष्ठले श्रीलंकाका दिगायु कहातापितियालाई २१–१५ र २१–८ ले हराए । यस्तै, सीमा राजवंशी भारतकी अनुपमा उपाध्यायसँग २१–९, २१–७ ले पराजित भइन् ।

यसैगरी, पुरुष युगलमा नेपालका अमृत चौधरी र जेबी साउदको जोडीले नेपालकै डेभिड थापामगर र युनिस राईको जोडीलाई २१–१६ र २१–१२ ले पराजित गर्दै सेमिफाइनमा स्थान बनायो । मिक्स डबल्समा नेपालका पेम्बा शेर्पा र सीमा राजवंशीको जोडीले अमृत चौधरी र विष्णा विष्टको जोडीलाई २१–१४ र २१–१० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का ग¥यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.