लागतार दोस्रो पटक पिएसजीले जित्यो सुपरकप

14 Aug, 2026
Share:
117 Shares

च्याम्पियन्स लिग विजेता फ्रेन्च क्लब पिएसजीले लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि जितेको छ।

अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा युरोपा लिग विजेता इंग्लिस क्लब एस्टन भिल्लामाथि २–१ को जित निकाल्दै पिएसजीले सुपरकप उपाधि रक्षा गरेको हो।

पिएसजीका लागि ख्विचा काभारात्स्खेलिया र डिजायर डुएले गोल गरे भने भिल्लाका ब्रायन माजोले गोल गरे।

खेलमा २०औं काभारात्स्खेलियाले गोल गर्दै पिएसजीलाई सुरआती अगता दिलाए। ४५औं मिनेटका भिल्लाका १७ वर्षीय स्ट्राइकर माजोले बरारबी गोल गरे। योसँगै उनी सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

६२औं मिनेटमा डिजाएर डुएले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। डुएको त्यही गोल निर्णायक बन्दा पिएसजीले उपाधी रक्षा गरेको हो।

पिएएसजीले गत वर्ष टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो।