एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

4 Apr, 2024

पिएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा केलियन एमबाप्पेको निर्णायक गो मद्दतमा रेन्सलाई १–० ले हराउँदै पिएसजी फाइनलमा पुगेको हो।

अब उसले उपाधिका लागि लियोनसँग खेल्ने छ। लियोनले भ्यालेन्सियन्सलाई ३–०ले हराउँदै फाइनल पुगेको हो। फाइनल २५ मेमा हुनेछ।

पिएसजीका जितमा एमबाप्पेले ४०औं मिनेटमा गोल गरेका थिए। त्यसअघि ३७औं मिनेटमा पीएसजीले अग्रताको लिने अवसर गुमाएको थियो।

प्राप्त पेनाल्टीमा एमबाप्पे गोल गर्न असफल भए। उनको प्रहार रेन्सका गोलकिपर स्टिभ मानडान्डाले बचाएका थिए।

पिएसजीले फ्रेन्च लिग सर्वाधिक १४ पटक जितेको छ।