पब्जी विश्वकप खेल्ने नेपाली टोली बिदाई

22 Jul, 2025

पब्जी मोबाईल ई स्पोट्र्स विश्वकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सलाई बिदाई गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडीहरुलाई बिदाई गरेका हुन्।

खेलाडी तथा अफिसियललाई शुभकामना दिदैँ सदस्य–सचिव घिसिङले ई स्पोट्र्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन सुभेच्छा दिएका थिए। 

उनले विदेशी भुमीमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरुले राम्रो प्रर्दशन गर्ने विश्वास व्यक्त गरेका थिए । संघका अध्यक्ष अन्जन धमलाले पनि ई स्पोट्र्सको अन्तराष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए।

पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् भने म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन्।

साउदी अरबमा जुलाई २३ देखि अगष्ट २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोट्र्स एक्लो टिमको रुपमा छनोट भएको हो। काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर विश्वकपमा छनोट भएको थियो। 

झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]