पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाटलाइ प्रधानमन्त्रीले दिए बधाई

3 Aug, 2025

प्रधानमन्त्री केपी ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन्।

आइतबार नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक जित हासिल गरेकोमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई,’ उनले लेखेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]