एमएमए फाइटर रविन्द्र ढाँट बने रोहिनी इन्टरनेशल एजुकेशनको ब्राण्ड एम्बासडर

6 Sep, 2025
Share:
117 Shares

नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बासडर बनेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एजुकेशनले रविन्द्रलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो।

सोही कार्यक्रममा ब्राण्ड एम्बासडर सम्बन्धी सम्झौता पत्रमा रविन्द्र र उनले रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसका प्रतिनिधिले हस्ताक्षर पनि गरेका छन्।

कार्यक्रममा ढाँटले रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसले ब्राण्ड एम्बासडरका रुपमा आफूलाई चुनेकोमा खुसी व्यक्त गर्दै एजुकेशनलाई धन्यवाद दिए।

गत महिला भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) उपाधि जितेसँग रविन्द्र चर्चाका छन्। एमएफएन उपाधि जित्ने उनी पहिला नेपाली खेलाडी हुन्र

एजुकेशन सर्भिसेसले म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेर इतिहास रच्न सफल ढाँटलाई ब्राण्ड एम्बासडरको रुपमा अनुबन्धित गर्न पाउँदा हर्षित भएको जनाएको छ।