जुम्लाकी राममाया बुढाले जितिन् गोल्डेन ट्रेल नेशनल सिरिज

17 Mar, 2025
Share:
117 Shares

हिमाली दुर्गम जिल्ला जुम्लाबाट खेल क्षेत्रमा उदाएकी राममायाले गोल्ड टे«ल नेशनल सिरीज उपलब्धिसँगै नेपालको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेकी छन्।

जुम्लाको पातारासी गाउँपालिका–२ की बुढाले ग्रोल्डेन ट्रेल नेशनल सिरिजको पहिलो पोडियम स्थान हासिल गरी एक ऐतिहासिक सफलता प्राप्त गरेकी हुन्।

राममायाले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै यो जित हासिल गरेकी हुन्।

यो जानकारी एसिया पेसेफिक एड्भेन्चर एथलेटिक्सले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।

उनको यो सफलताले स्थानीय समुदायमा उत्साह छाएको छ भने देशभरबाट बधाई र शुभकामना दिने शुभचिन्तकहरुको ओइरो लागेको छ।

कैलाश फुगा २७ माइलको प्रतिस्पर्धा निकै कठिन र चुनौतीपूर्ण मानिन्छ र यसमा राममायाको विजयले उनको लगन, मेहनत र दृढ संकल्पलाई उजागर गरेको देखिन्छ।

यो जितले जुम्लाको पातारासी गाउँपालिकालाई मात्र नभइ जुम्ला जिल्ला हँुदै कर्णाली प्रदेशको पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ।
राममायाको सफलताले नेपालका ग्रामीण क्षेत्रका युवाहरूलाई खेलकुदमार्फत आफ्नो पहिचान बनाउन प्रेरणा दिने विश्वास गरिएको छ।