मोड्रिच र एन्ड्रिकको गोलमा रियल कोपा डेल रेको सेमिफाइनलमा

6 Feb, 2025
Share:
117 Shares

रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा लेगानेसमाथि ३-२को जित निकाल्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलमा रियललाई जित दिलाउन लुका मोड्रिड, एन्ड्रिक र गोन्जालो गार्सियाले गोल गरे भने लेगानेसका लागि दुवै गोल जुआन क्रुजले गरेका थिए।

लेगानेसको मैदानमा भएको खेलमा अग्रता रियलले लियो। १८औं मिनेटमा लुका मोड्रिचले गोल गरेका थिए। २५औं मिनेटमा एन्ड्रिकले रियलको अग्रता दोब्बर बनाए। त्यसपछि ३९औं मिनेटमा क्रुजले प्राप्त पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा खेल २-१मा आयो।

त्यसपछि ५९औं मिनेटमा क्रुजले नै गोल गरेपछि लेगानेसले खेललाई २-२को बराबरीमा ल्याए। तर, इन्जुरी समयको तेस्रो मिनेटमा गार्सियाले गोल गरेपछि रियल ३-२ले विजयी भयो।