च्याम्यिन्स लिग फुटबलमा स्पेनिस जायन्ट रियल मड्रिडले विजयी सुरुआत गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियलले फ्रेन्च क्लब मार्सेलीमाथि २–१को पुनरामगन जित निकाल्यो।
रियलको जितमा किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे। खेलमा उनले दुवै गोल गरेका थिए। यता, मार्सेलीका टिमोथी वेहले गोल गरेका थिए।
खेलमा अग्रता मार्सेलीले लिएको थियो। २२औं मिनेटमा वेहले मासन ग्रिनउडको पाउमा उतकृष्ट फिनसिङ गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, २८औं मिनेटमा रियलले बराबरी गोल फर्कायो। रोड्रिगोलाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले सहजै गोल गरेका थिए।
खेलको पहिलो हाफ १–१कै बराबरीमा सकियो। ८१औं मिनेटमा रियलले पुनः पेनाल्टी पायो। यो पटक पनि एम्बाप्पेले गोल गर्दै टिमलाई २–०को जित दिलाए।
रियलले खेलकाे अन्त्य भने १० खेलाडीमा रहेर गरेको थियो। उसका कप्तान ड्यानी कार्भजलले ७२औं मिनेटमा रातो कार्ड पाएका थिए। मार्सेलीका गोलपिकरलाई टाउकोले अनुहारमा हानेपछि उनले रातो कार्ड पाएका थिए।
