रोनाल्डो जुयिनर पोर्चुगलको जुनियर राष्ट्रिय टिममा

6 May, 2025

सुपारस्टार क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको उमेर समूहको टिममा परेका छन्।

बुबाकै क्लब अल नासरको युथ टिमका रहेका १४ वर्षीय रोनाल्डो युनियर पोर्चुगलको यू–१५ टिममा परेका हुन्। उनी पहिलो पटक पोर्चुगलको टिममा परेका हुन्।

रोनाल्डो जुनियरको टिमले अब भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने छ। क्रोएसियामा आयोजना हुने प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्ने छ।

टिमको प्रमुख प्रशिक्षकमा जोआओ सान्तोस छन्।

रोनाल्डो जुनियर बाबुजस्तै स्ट्राइकर हुन्। अब उनले बुबाले जस्तै यु–१५ टिमबाट पोर्चुगिज टिममा डेब्यू गर्ने छन्।

रोनाल्डोले पनि सन् २००० मा यू–१५ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए। सो खेलमा उनले गोल पनि गरेका थिए।

अल नासरमा व्यवसायिक फुटबल खेलिरहेका ४० वर्षीय रोनाल्डो अहिले पनि उत्तिकै फर्मममा छन्। उनी अहिले पनि पोर्चुगिज टिमका मुख्य खेलाडी हुन्।