१ लाख ५० हजार मात्रै जनसंख्या भएकाे फिफा विश्वकपकाे डेब्यूटान्ड कुरासाओलेले पहिलाे अंक जाेडेकाे छ।
गाेलकिपर इलाेइ रूमले नायकी प्रदर्शन गरेपछि कुरासाओले इक्वेडरलाई गाेलरिहत बराबरीमा राेक्दै विश्वकपमा अंककाे खाता खाेलेकाे हाे।
खेलमा रूमले १५ सेभ गरेका थिए। याे सन् २०१४ पछिकाे सर्वाधिक सेभ हाे। सन् २०१४मा अमेरिकाका टिम हाेवार्डले बेल्जियमविरूद्ध १६ सेभ गरेका थिए।
यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुरासाओ जर्मनीसँग ७-१ ले पराजित हुँदा इक्वेडर आइभरीकोस्टसँग १-० ले पराजित भएको थियो।
नतिजा बराबरी भएसँगै दुवै टोलीले १-१ अंक जोडेका छन्।
