बैंग्लोरमा जारी इन्डियन वुमन लिगमा नेपाली राष्ट्रिय खेलाडी सावित्रा भण्डारीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकी छिन् । सोमबार भएको सेमिफाइलनमा सावित्रा आफ्नै पूर्वक्लबविरुद्ध चम्किइन् ।
बैंग्लोर रंगशालमा भएको खेलमा सावित्राले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि सेथु एफसीलाई ३–०ले हराउँदै गोकुलम केरला एफसी फाइलनमा पुगेको छ ।
गोकुलमको जितमा सावित्राले दुई गोल गरिन् । यस्तै मनिषाले एक गोल गरिन् । २२ औं मिनेटमा मनिषाको गोलमा गोकुलमले अग्रता लिएको थियो । त्यसपछि ४४औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता दोब्बर बनाइन् । यस्तै ८४औं मिनेटमा सावित्राले गोल गर्दै गोकुलगमलाई फाइनल पु¥याइन ।
तीन ह्याट्रिकसहित १८ गोल गरेकी सावित्रा प्रतियोगिताको सार्वधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् । अघिल्लो सिजन सेथु एफसीबाट खेलेकी उनले टिमलाई च्याम्पियन बनाउने क्रममा ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन् । यो सिजन सेथुमा नेपालकै अनिता बस्नेता आबद्ध थिइन् ।
अब गोकुलमले उपाधिका लागि क्रिप्सासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्री एफसीलाई ३–१ ले हराएको थियो ।