यू–१९ साफ : सेमिफाइनल पुग्न नेपालले मादिभ्सलाई हराउनै पर्ने

25 Sep, 2023

साफ यू–१९ च्याम्पियनसिपमा आज सोमबार नेपालले माल्दिभ्ससँग खेल्दै छ। दशरथ रंगशालामा साढे १ बजे हुने खेलमा नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ।

दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानले बराबरी खेलेका थिए । नेपाल बिहिबार पाकिस्तानसँग १–० ले पराजित भएपछि आजको खेलमा नेपाललाई दबाब बनेको हो।

समुह एमा रहेको पाकिस्तान २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ। माल्दिभ्ससँग विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा वा बराबरी खेलेको अवस्था भने नेपाल समुह चरणबाटै बाहिरिने छ ।

समूह बी अन्तर्गत आज दोस्रो खेल भारत र भुटान बिच ५ः३० मा हुनेछ। यी दुवै टोली सेमिफाइनल प्रवेश गरिसकेका छन् । पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४–३ को गोल अन्तरले हराएको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]