दक्षिण एसियाली छनोट पार गदैृ पेरिस ओलम्पिकमा स्थान पक्का गरेका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई एक लाख रुपैयाँसहित सममन गरिएको छ। टेबल टेनिस प्रेमी समाजसेवी सुमन खड्गीले शनिबार स्यान्टुलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँसहित सम्मान गरेका हुन्।
दक्षिण एसियाली ओलम्पिक छनोटको पुरुष एकलमा च्याम्पियन हुँदै स्यान्टु यसै वर्ष हुने पेरिस ओलम्पिको प्रवेश गर्न सफल भएका छन्।
नेपाली खेलकुद इतिहासमा स्यान्टु छनोट चरण पार गरेर ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी मात्रै हुन्। यस अगाडि तेक्वान्दोका संगीना बैद्य र दीपक विष्टले यो उपलब्धि चुमेका थिए। अब स्यान्टु थप प्रशिक्षकका लागि आइतबार अस्ट्रेलिया जाँदैछन्।
नेपालमा हुने अधिकांश टेबल टेनिस प्रतियोगितामा प्रायोजक रहँदै आएका खड्गीले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै स्यान्टुले पेरिसमा अझ राम्रो खेल्ने विश्वास पोखे।
त्यस अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले स्यान्टुको ओलम्पिक छनोटसँगै नेपाली टेबल टेनिसमा नयाँ इतिहास रचेको बताए।