टेटेका राष्ट्रिय च्याम्पियन स्यान्टु पनि विदेशिए, बिहीबार अस्ट्रेलिया जाने

Read Time:1 मिनेट

नेपाली टेबलटेनिसका स्टार खेलाडी स्यान्टु श्रेष्ठ विदेश पलायन हुने भएका छन्। उज्वल भविष्यका लागि तीन पटकका राष्ट्रिय च्याम्पियन स्यान्टु बिहीबार अस्ट्रेलिया जाने छन्।

२१ वर्षीय स्यान्टु अध्ययनका लागि अस्ट्रेलिया जान लागेका हुन्। पछिल्लो समय टेबलटेनिसमा आफ्नो भविष्य नदेखेपछि स्यान्टु निरास थिए। जसका कारण उनले अस्ट्रेलिया जाने निर्णय गरेका हुन्।

यता अस्ट्रेलिया जान लागेका स्यान्टुलाई मंगलबार अखिल नेपाल टेबलटेनिस संघले उज्वल भविष्यको शुभकामनासहित विदाइ गरेको छ । संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका अध्यक्ष चतुरानन्द राजवैद्यले श्रेष्ठलाई राष्ट्रिय झण्डा प्रदान गरेर विदाइ गरेका थिए।

स्यान्टुले नेपालमा भएको साग गेममा १ रजत र ३ कास्यसहित कीर्तिमानी ४ पदक जितेका थिए। साग इतिहासमा टेबलटेनिस सिंगल्समा स्यान्टुले नै नेपाललाई पहिलो उपाधि दिलाएका थिए।

इन्डोनेसियामा भएको एसियाली खेलकुद खेलेका उनले टेबलटेनिसको एसियन च्याम्पियनसिप र विश्व च्याम्पियनसिप पनि खेलेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय टिममा ज्ञानेन्द्र मल्लाको पुनरामगन, अर्जुन साउद पहिलो पटक टिममा
Next post एन्फ कार्यसमिति बैठक २६ गते बस्ने, ४ एजेन्डा थप
Close