नेपाली कराते खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छिन्। विश्व कराते महासंघले नेपालबाछट सानुमाया छनोट भएको जनाएको छ।
विश्व कराते महासंघल नेपाल कराते महासंघलाई पत्र पठाउँदै सानुमाया विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो। उनले एकल कातामा प्रतिस्पर्धा गर्ने छिन्।
आगामी २७ देखि ३० नोभेम्बरसम्म इजिप्टको कायरोमा हुने विश्व च्याम्पियनमा सानुमाया विश्व वरीयताका आधारमा छनोट भएकी हुन्। सिधै विश्व च्याम्पियनसिपमा छनोट हुने उनी पहिलो नेपाली खेलाडी हुन्।
गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन्।
