प्रधानसेनापति ट्रफी खेलकुद सुरु

2 Sep, 2025

प्रधानसेनापति ट्रफी २०८२ खेलकुद सुरु भएको छ।

मंगलबार जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गरे।

नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायले प्रधानसेनापति ट्रफी प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।

उद्घाटन समारोहमा पृतना तथा बाहिनीका टिमहरूले मार्चपासका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए।

प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन्।

समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, पूर्व प्रधान सेनापतिहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरूलगायतको उपस्थिति रहेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]