आमाको निधनपछि ललित अस्ट्रेलियान नजाने, साहबले पाए मौका

11 Aug, 2025
Share:
117 Shares

स्टार लेफ्टआर्म स्पिनर ललित राजवंशीले अस्ट्रेलियामा हुने टप इन्ड टि २० सिरिज गुमाउने भएका छन्।

मोरङस्थित घरमै आइतबार आमाको निधन भएपछि ललित अस्ट्रेलियान नजाने भएका हुन्। मुटु रोगबाट पीडित ललितकी आमा शुभाेको ६३ वर्षको उमेरमा आज निधन भएको हो।

राष्ट्रिय टिमको पहिलो अस्ट्रेलियान भ्रमण ललितले मिस गर्ने भएका हुन्।

मुख्य प्रशिक्षक स्टुअर्ट लले ललितको स्थानमा अर्का लेफ्टआर्म स्पिनर साहब आलमलाई टिममा समावेश गरेका छन्। साहब लामो समयदेखि घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। तर, राष्ट्रिय टिमबाट भने उनले कमै मात्र मौका पाएका छन्।

उनले ६ टि२० आई र ३ लिस्ट ए खेल खेलेका छन्। उनले सन् २०२१ मा कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टि२० आईमा डेब्यू गरेका थिए।