साेमपालकाे घातक बलिङमा पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

Read Time:2 Minute

जनकपुर रोयल्र्स काठमाडौंमा जारी नेपाल टि–२० लिगको प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ। बिहीबार कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जकपुरले प्लेअफमा स्थान बनाएको हो ।

९ खेलमा ६ जित निकाल्दै जनकपुले १२ अंक जोडेको छ। अब उसले अन्तिम खेल जित क्वालिफार पुग्ने छ भने पराजित भएपछि क्वालिफायर पुग्ने सम्भावना बाँकी रहन्छ । तया, जनकपुरसँग पुराजित भएपछि पोखराको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ। १ खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा उसले ६ अंक जोडेको छ। उसलाई क्वालिफायर पुग्न अन्तिम खेल जित्नु पर्ने छ भने बाँकी दुई खेलमा विराटनगर पराजित हुनुपर्ने छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमै अलआउट भयो। ओपनर आसिफ शेखले १६ रन जोड्दा कुशल मल्ल पनि १६ रनमै आउट भए। टिमका लागि सर्वाधिक रन जोडेका सिद्धान्त लोहनी १७ रनमा आउट भएका थिए। 

पोखराको इनिङ ध्वस्त पार्ने क्रममा जनकपुरका सोमपाल कामीले ३ विकेट लिए। उनले २ ओभरमा ८ रन खर्चिए। ललित राजवंशी र शराफुद्दिन असरफले २–२ विकेट लिए। 

६९ रनको सामान्य लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। उसका लागि असरफले ३७ रन जोड्दा कप्तान ट्रेवन ग्रिफिथले १७ रन जोडे। पोखराका कुशल मल्लले तीन विकेट लिए।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post पिएसजीले विश्व च्याम्पियन मेसीलाई दियो ‘गार्ड अफ अनर’
Next post भुटनिज युथ स्पोर्टस् आहा–रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि संकटासँग खेल्ने
Close