पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

9 May, 2025

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन्।

वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित भए। यसँगै अरूणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट खेलाडी बनेकी हुन्।

यसैगरी पुरूषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बने। अवार्डका साथै उनीहरू दुबैले टेलजी इलेक्ट्रिक स्कुटर प्राप्त गरे।

यस्तै, वर्ष खेलाडी महिला विधामा आइटिएफ मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरूङ समेत मनोनयनमा परेका थिए भने पुरूषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए।

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गरे भने उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने।

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए।

मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’ बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ। उनलाई चाँदीको करूवासहित अवार्ड प्रदान गरिएको हो।