क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाको निधन

14 Jun, 2025
Share:
117 Shares

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायत विभिन्न क्रिकेट संवद्ध व्यक्तित्वहरूले पियाको निधनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

पिया गत २०८० साउनमा अध्यक्षमा निर्वाचित भएका थिए।

पियाले चितवन जिल्लामा क्रिकेट र खेलाडीको हितमा महत्वपूर्ण कामहरू गर्दै आएका थिए ।