°
, May 30, 2023 in
खेलकुद विविधसमाचार

पौडीमा ११ स्वर्णसहित काठमाडौं टिम च्याम्पियन

SHARE:

काठमाडौं जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कास्य सहित दोश्रो बागमती प्रदेश प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य रह्यो।

पुरुष तर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिला तर्फ काठमाडौंकी आर्या महर्जनले ३ स्वर्ण जितिन्।

जिल्ला खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण हात पारे। काठमाडौंका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कास्य पदक पाए।

महिला तर्फ काठमाडौंकी रोयल प्रजापतीले स्वर्ण हात पारिन् । रोयलले उक्त दुरी ३७.६७ सेकेन्डमा पुरा गरिन्। काठमाडौंकी अदिप्सा बैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कास्य पाए।

ललितपुर अन्तराष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोकमा पुरुष तर्फ काठमाडौंका जाडेन श्रेष्ठ र काठमाडौंकै आर्या महर्जनले स्वर्ण जिते। जाडेनले १ मिनट १०.९४ सेकेन्ड र आर्याले १ मिनट २० सेकेन्ड समयमा दुरी पुरा गरे।

पुरुष तर्फ ललितपुरका अभिर प्रधान र काठमाडौंका गौरव लामाले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाडौंकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कास्य पाए।

२०० मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाण्डौका सनिल कुमार थापा मगरले २ मिनट १०।१३ सेकेन्ड समयका साथ स्वर्ण जिते। यस्तै महिला तर्फ काठमाण्डौकी आर्या महर्जनले २ मिनट ३१।२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। पुरुष तर्फ काठमाण्डौका युभान लाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी अदिप्सा बैद्य र ललितपुरकी श्रेवी मजर्हनले रजत र कास्य पाए।

५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मा¥यो । ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते। उनले उक्त दुरी २७।९० सेकेन्डमा पुरा गरे। ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कास्य पाए। यस्तै महिला तर्फ पनि ललितपुरले तीन वटै मेडल हात पा¥यो । रोसा न्यौपानेले ३५.२० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कास्य पाए।

५० मिटर फ्रिस्टायलमा पुरुष तर्फ ललितपुरले ३ वटै मेडल कब्जा ग¥यो। अनुभव सुब्बाले २६.४४ सेकेन्ड समयका साथ स्वर्ण जित्दा सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी रोयल प्रजापतीले ३०.४९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा काठमाडौंकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कास्य पाए।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोश्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

SHARE: