१० ओभरको स्ट्रिट प्रिमियर लिग आयोजना हुँदै

7 Jul, 2025

नेपालमा पहिलो पटक डीजीआर स्पोट्र्स एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग ‘एनएसपीएल’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

‘स्ट्रीटदेखि स्टेडियमसम्मको यात्रा’ भन्ने नारासहित प्रतियोगिता असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ। लिग १० अाेभरकाे हुने छ।

उक्त प्रतियोगितामा सात टोलीहरू सहभागी हुनेछन् । कुल २२ खेलहरू सिंगल राउन्ड रोबिन लिगको आधारमा खेलाइनेछ । लिग चरणको समाप्तिमा शीर्ष चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन टिम खरिद गर्नुपर्नेछ र खेलाडी छनोट अक्सन मार्फत गरिनेछ। आयोजक संस्था डीजीआर स्पोट्र्सका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिएअनुसार प्रतियोगिताको विजेता टोलीले नगद २१ लाख रुपैयाँ, भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

‘नेपाल स्ट्रिट प्रिमियर लिगमार्फत हामी देशभरिका उदीयमान क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म दिन चाहन्छौं,’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको ग्रासरुट क्रिकेटको विकास गर्दै भविष्यका उत्कृष्ट खेलाडीहरू उत्पादन गर्नु हो।’

यो प्रतियोगिताले नेपालको क्रिकेट विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। प्रतियोगिता र टिम खरिद सम्बन्धी विस्तृत जानकारीका लागि (एनएसपिएल)को आधिकारिक वेबसाइट हेर्न सकिनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]