नेपाल स्ट्रिट प्रिमियर लिगका लागि खेलाडी दर्ता प्रक्रिया खुला

24 Jul, 2025

पहिलो पटक हुन लागेको टि–१० टेनिस क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग’ (एनएसपिएल)का लागि खेलाडी दर्ता खुला भएको छ।

आयोजक डिजिआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले लिगका लागि खेलाडी दर्ता खुला भएको जनाएको छ।

सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपिएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्ने छन्।

दर्ता शुल्क ब्याटर र बलरका लागि १ हजार तथा अलराउन्डरका लागि १२ सय रुपैयाँ निर्धारण गरिएको छ।

खेलाडीहरूले तोकिएको शुल्क भदौ ८ गतेसम्म नाम दर्ता गराउन सक्ने छन्।

एनसपीएलको ब्रान्ड एम्बासडर नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेती रहेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]