महिला टी-२० विश्वकप ग्लोबल छनोटको उपाधि श्रीलंकालाई

1 Feb, 2026

काठमाडौं, माघ १८ : नेपालमा भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटकोे उपाधि बंगलादेशले जितेको छ। उसले अपराजित रहँदै उपाधि जितेको हो।

आइतबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले हराउँदै बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो। यसक्रममा उसले समूह चरणमा ४ र सुपर सिक्समा ३ वटै खेल जित्यो।

नेदरल्यान्ड्सले दिएको १०३ रनको लक्ष्य बंगलादेशले २० बल बाँकी छँदै ३ विकेटको भेट्टायो। त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो।

आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई पराजित गरेको छ। योसँगै आयरल्यान्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ५९ रनमा अलआउट भयो।

सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले कुनैपनि खेल जित्न नसक्दा बाहिरिसकेको छ।

अब स्कटल्यान्ड र अमेरिकामध्ये आज हुने खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]