विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपमा भारतीय जोडीलाई हराउँदै नेपाली जोडीले जित्यो स्वर्ण

Read Time:1 Minute

ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस)मा नेपालले स्वर्ण पदक जितेको छ। नेपाली जोडीले भारतीय जोडीलाई हराउँदै स्वर्ण जित्यो।

शनिबार सम्पन्न पुरुष ४५ वर्ष माथिको उमेर समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले हरायो।

नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको हो । फाइनल पुग्ने क्रममा दुलाल र मानन्धरको जोडीले भारतीय जोडीलाई हराएको थियो।

नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र नेपालीहरुको उपस्थिती थियो।

र, याे पनि

विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपमा भारतीय जोडीलाई हराउँदै नेपाली जोडी फाइनलमा

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एकखेल अगावै भारतले जित्यो न्युजिल्यान्डविरुद्धको सिरिज
Next post अल नासरमा आज डेब्यू गर्दै रोनाल्डो
Close