टेबलटेनिस लिगको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबलको निरन्तरता

19 Jul, 2025
Share:
117 Shares

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मिति २०८२ भाद्र ०१ देखि ०६ गतेसम्म ‘स्टयाग गोल्बल च्याम्पियन्स लिग’को तेस्रो सिजन हुने भएको छ।

प्रतियोगिताको तेस्रो संस्करणमा पनि स्टयाग गोल्बल प्रालि, इंडियाले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा निरन्तरता दिने भएको छ।

स्ट्याग गोल्बल प्रालिका अध्यक्ष विवेक कोहली र स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नबित श्रेष्ठ बीच सम्झौता पनि भएको छ।

प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, रेफ्री कुर्सी, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट, आदि पन्ध्र लाख बराबरको सम्पूर्ण सामग्रीहरु प्रदान गर्नेछ।

६ दिनसम्म चल्ने मिक्स टिम लिगमा देशभरका विभिन्न क्लबहरुले सहभागिता जनाउने छन् भने सहभागी क्लबले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गराउन पाउने छन्।

प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको विजताले तीन लाख रुपैयाँसहित ट्रफी, द्वितीयले एक लाख पचास हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै, तृतीय हुने (दुवै सेमी–फाइनलिष्ट) टिमले पचहत्तर हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ।