टेबलटेनिस च्याम्पिन्स लिगमा स्ट्यागको एकल अग्रता

20 Aug, 2025

आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेश्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ।

चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ।

पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोश्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अंकसाथ तेश्रो, खोल्चा पुखु खेलकुद समिति ३४ अंकसाथ चौथो, होप्स टेबलटेनिस एकेडेमी ३२ अंकसाथ पाँचौं र कीर्तिपुर नगरपालिका ३२ अंकसाथ छैटौं स्थानमा छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिस र द ड्रागन्स टेबटेनिस क्लबले समान २५–२५ बटुलेका छन्।

ओल्ड रेस्ट्रो र भोर्टेक्स नेपाल टेबलटेनिस क्लबको समान २४–२४ अंक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]