मच्छिन्द्र क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
देविनगरस्थित एन्फा टेक्निकल मैदानमा मंगलबार भएकाे र्टरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो।
बराबरीतर्फ उन्मुख खेलमाराजीव लोप्चनले निर्णायक गोल गरेका हुन्। उनले ८८औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो। फ्रिककमार्फत आएको बललाई विवेक राईले बक्सबाहिरबाट भलिको प्रयास गरेका थिए । तर, राम्रोसँग कनेक्ट नहुँदा राजीवलाई गोल गर्ने अवसर जुरेको हो। जसलाई उनले बिनागल्ती पहिलो बारतर्फ गोल गरे ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन्। यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ।
एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।
दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्रलाई चुनौती प्रस्तुत गर्ने भएको छ। यी दुईबीचको खेल भने बिहीबार हुने तय छ। दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
प्रतियोगिताको विजेताले नगद १२ लाख १२ हजार २२२ र उपविजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्।