वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टी.बी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दशौं दिन भएका खेलमा घरेलु टोली कर्णाली र बागमतीले शानदार जीत हात पारेका छन्।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई १ सय ५८ रनले घर फर्काउँदा कालुंगचोक मैदानमा बागमतीले ७ विकेटको फराकिलो जीत निकाल्दै आफ्नो प्रभाव कायम राखेको हो।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीलाई दशौं दिन प्रतिद्वन्द्वी पाएको घरेलु टोली कर्णालीले प्रतियोगिताअन्तर्गत भएका आफ्नो खेल अवधिको सर्वाधिक २ सय ३३ रन जोडेको हो।
पहिला टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा जम्म ३६ ओभरसम्म खेल्दा सबै विकेट गुमाएको कर्णालीले बनाएको स्कोरमा विजय बोहोराको नटआउट ८८ रनको सम्झनलायक योगदान रह्यो।
यस्तै, नवीनले १ सय ३४ को स्ट्राईक रेटमा ९ चौका र १ छक्कासहित ३८ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै जीतको पहिलो कोशेढुंगा खडा गरे। नमनसिंह थापाले ४९ बलमा ४२ रन जोडेर टिमलाई मजबुत स्थितितर्फ डोर्याए।
बलिङमा गण्डकीका सुशील भट्टराईले सुशील भट्टराईले ४ विके र अनिश राउते ३ विकेट लिए।
अर्काे ओभरमा जम्मा ५ रन जोडेका प्रतिक रावललाई एलबीडल्यूको शिकार बनाएका विपिनलाई उछिन्दै विजयले फेरि सुप्रिम सुनारलाई १ रनमा एलबीडब्ल्यू र भुवन भट्टराईलाई ६ रनमा बोल्ड गराए।
त्यसपछिका ब्याटरहरुमध्ये क्रमशः अनिश रावतलाई रोशन शाहीले कौस्तुभको हातमा ५ रनको स्कोरमा क्याच गराउँदा रमित कंडेल र रिदम पाण्डेले खाता खोल्ने मौका पाएनन।
राज परियाले ३३ बलमा २३ रन र करन गैरेले सान्तन्वनास्वरुप २१ रन जोडेपनि जीतको लागि पर्याप्त भएन।
उता कालुंगचोक मैदानमा भएको अर्को खेलमा बाग्मतिले लुम्विनीमाथि शानदार रुपमा ७ विकेटको जीत निकाल्दै प्रतियोगितामा आफ्नो दवदबा कायमै राखेको छ।
